पाटन अस्पतालमा दुई र  विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

 भदौ ५, २०७७ शुक्रबार ११:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान गुमाउनेहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका विज्ञप्तिमा उल्लेख छ । दुवै जनाको आज बिहान ज्यान गएको हो ।

यस्तै विराटनगरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालमा आइसोलेसन शैय्या नपाएपछि घरकै आइसोलेशनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको ज्यान गएको वडाध्यक्ष विजय कामतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च रक्तचाप र मधुमेह रोग समेत भएका पुरुषको गएराति आठ बजे ज्यान गएको हो। विराटनगरमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको ज्यान गैसकेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया