नेपाल–इजरायल सम्झाैता : कुटनीतिक राहदानी भएकालाई ९० दिनसम्म भिसा नचाहिने

 भदौ ५, २०७७ शुक्रबार १४:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र इजरायल सरकारबीच कुटनीतिक राहदानी भएकालाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सम्झौतासँगै अब नेपाल र इजरायलका कुटनीतिक राहदानी वाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ ।   

इजरायलको जेरुसेलममा रहेको परराष्ट्र मन्त्रालयमा भएको एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुभएको दूतावासले जानकारी दिएको छ । 

कार्यक्रममा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्टमार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सल्ट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिनुएको थियो  ।  

केयर गिभिङ क्षेत्रमा फेरि नेपालीहरुलाई ल्याउने तथा रोजगारीका अन्य क्षेत्रमा ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जानकारी दिएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया