शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले आफूहरुलाई अपमान गरिरहेकाे निजी अस्पतालले गुनासो गरेका छन् ।
एसाेसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) र नेपाल मेडिकल एसाेसियशन (एनएमए) को संयुक्त बैठकमा दुवै संस्थाका प्रमुखले सरकारले अपमानित ढङ्गबाट निजी अस्पताललाई गरेको व्यवहार तथा चिकित्सकको मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि माग गरेका छन् ।
कोरोनाविरुद्ध सँगै लड्न सरकारसँग सहकार्य गर्न खोजे पनि सरकारले वार्तामै नबोलाएको उनीहरुको भनाइ छ । सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न पनि अफिन र एनएमएले माग गरेका छन् ।
लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्राेत, साधन उपलब्ध गराउने प्रतिबद्धतासहितको प्रस्ताव समेत पेस गरेको तर सरोकारवालाले निजी अस्पतालसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको उनीहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।