शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ ।
पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपालमा नियमित उडान गर्न दिने सरकारले निर्णय गरेकाे छ । तर ती उडानमा नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि मात्रै आउन पाउने छन् ।
नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ ।
पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट भने यात्रु ल्याउन नपाइने भएको छ । नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडानमार्फत श्रमिकको उद्धार गर्न सकिने सरकारले जनाएको छ ।
यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । सरकारले उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ललित थापा मगर
Aug. 22, 2020, 4:06 p.m.के हाम्रो नेपाल सरकारको हैसियत नै यहि हो त? यहाबाट नेपाल जानलाई टिकट मात्र पनि ७०/८० हजार तिर्नु पर्छ अनि नेपाल गएपछि होटल क्वारेन्टिनमा ७ दिन बस्नु पर्ने रे होटलको भाडा पनि अति महङ्गो छ। एक दिनको मात्र पनि १८०० देखि ९ हजारसम्मको खर्च कसले तिर्न सक्छ? आफ्नो मर्जीले बस्न नपाईने होला सरकारले जुन होटलमा लगेर रख्यो त्यहि बस्नु पर्ने होला। एकै दिन को ९ हजार तिरेर होटलमा बस्न सक्ने हैसियत भएको भए हामिलाई बिदेश आउनु रहर थियो र? होइन ए नेपाल सरकार कि भने पैसा तिरेर जाउ नत्र उतै बिदेशतिरै मर भनेर सिधै भनिदेउ हामि मर्न तयार छौ। हामिहरुले नै तिरो तिरेर बिदेशबाट रेमिट्यान्स नेपाल भित्र्याएर राज्य चलिरहेको छ भन्ने तिमिले भुल्यौ है? दुख लाग्छ आज जसले आफ्नो खुन पसिना बगाएर आफ्नो देशमा रेमिट्यान्स भित्र्याइरहेको छ उसैको दुखमा लुटतन्त्र मच्चाइरहेछौ। आफ्नै नागरिकलाई मारिरहेछौ । धिक्कार छ नेपाल सरकार तिमिलाई। अब त साच्चै आश मरिसक्यो। सायद नेपाल फर्कनै नपाएर मरिन्छ होला😥 मार्छौ भने बरु मारिदिनु तर आफ्नो मातृभुमि मा पाइला टेक्ने अधिकार देउ सरकार बिन्ति छ्।
Arjun Sth
Aug. 22, 2020, 11:59 a.m.काठमाडौं बाहिर बस्ने पनि काठमाडौं मै होटेल क्वरेन्टिनमा बसेर आफ्नो स्थानमा जाने के व्यवस्था हुन्छ ? अनि आफ्नो ठाउँमा गएर फेरि होम क्वरिन्टीनमा बस्नु पर्ने कि नपर्ने , अलि प्रष्ट भएन /
कमल अर्याल
Aug. 22, 2020, 6:39 a.m.उताबाट आउन मात्र दिनेे हो कि यताबाट वैदेशिक रोजगारीमा जानेलाइ जो छुट्टीमा आएका र नयाँ श्रम स्वीकृति लिएर बसेकालाई पनि अनुमति दिने हो? स्पष्ट भएन नि!!
Som rajbanshi
Aug. 21, 2020, 9:02 p.m.यताको टिकट अति महँगो , सामान्य हुनुपर्यो ....२१०० तिरेर मान्छे नेपाल जानेले होटेलको पनि पैसा तिर्नुपर्ने हुँदा अत्ति नै मर्का हुन्छ / अनि होटेल र टिकटको त्यति धेरै पैसा तिर्न कहाँ सकिन्छ ?? कि त सरकारले टिकटको पैसा कम गर्नुपर्यो जस्तै पहिले ६०० थियो भने अब ९०० देखि १०० लिए पछि होटेलको पनि व्यवस्था गर्नुपर्यो ...हामीले कहाँबाटपैसा ल्याउने ? हामीसंग बैंक त छैन नि ....
Anjan Adhikari
Aug. 21, 2020, 8:36 p.m.Ujyaalo network is my best FM Radio