मोरङका चार पालिकामा निषेधाज्ञा, सडक र बजार सुनसान

 भदौ ६, २०७७ शनिबार १०:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित  रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिने निषेधाज्ञा जारी गरेपछि यी क्षेत्र सुनसान भएकाे छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि मानवीय गतिविधि कम भएसँगै नगरक्षेत्र सुनसान देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बैठकको निर्णय बमोजिम शुक्रबार मध्यरातदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ वडा कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाको ४ देखि ७ सम्मका वडामा पनि निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया