नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना पुष्टि

 भदौ ६, २०७७ शनिबार १२:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको निजी सचिवालयले जनाएको छ । नेता नेपाल र उहाँको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । अस्ति बिहीबार नेता नेपाल, उनको परिवार, उहाँको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो । 

सङ्क्रमण देखिएका सबैलाई गएराति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया