विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८ लाख नाघ्यो

 भदौ ६, २०७७ शनिबार १४:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गएको वल्डाेमिटरले जनाएको छ ।

विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ७९ हजार २ सय जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा काेराेनाका कारण ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया