शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ ।
आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि ७ दिन पर्खनु पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले बताउनुभयो ।
उहाँका अनुसार सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थय परीक्षणका लागि ५ देखि सात दिन पर्खनु उत्तम हुन्छ ।
यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उहाँले आग्रह गर्नुभयाे । अहिले काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बासुदेव
Aug. 22, 2020, 9:33 p.m.पैसा तिम्रो बाउले दिन्छ