सिन्धुपाल्चोक : लिदी पहिरोका विस्थापितहरुलाई सेलाङमा स्थानान्तरण गर्ने कार्य सुरु

 भदौ ७, २०७७ आइतबार ७:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो । 

आज बिहानैबाट सुरक्षाकर्मी खटिएर टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु भएको छ । पहिलो चरणमा १ सय २१ परिवारलाई टेन्टमा राख्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

१ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १ सय २१ परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री ढुवानी गरिएको गाउँपालिकाका योजना सल्लाहकार अधिकृत रामबाबु नेपालले जानकारी दिनुभयो । 

बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार हिजो ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउनेछ ।

 जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । सिन्धुपाल्चोकको लिदीमा साउन ३० गते शुक्रबार गएको पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परेको छ । बाँकी ७ जनाको पनि खोजी कार्य भैरहेको योजना सल्लाहकार अधिकृत नेपालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया