शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
नवलपरासी - नवलपरासी बर्दघाट-सुस्तापूर्वको मध्यबिन्दु जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालमा मंगलबार उपचारका लागि आएका कावासोतीका ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।
सङ्क्रमित बिरामीको सम्पर्कमा आएका डाक्टर, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको कोरोना परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलराज गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी र कर्मचारीको भोलि मात्रै स्वाब सङ्कलन गरी परीक्षण गर्ने र रिपोर्ट नआउँदासम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।