शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - देशका विभिन्न ठाउँमा रगतको अभाव भएको छ ।
लकडाउन र निषेधाज्ञाको कारण रक्तदान शिविर सञ्चालन हुन नसक्दा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून संख्यामा रगत सञ्चित रहेकोले चिन्ता थपिएको रेडक्रसले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठले हिजो एउटा पनि रक्तदान शिविर सञ्चालन नभएको बताउनुभयो । बिहीबार रगत लिन पुगेका ६१ जना र अस्ति शुक्रबार २६ जना रित्तोहात फर्किएको पनि उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुती, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिनुभयो ।
धरान, विराटनगर, चितवनलगायतका ठाउँमा पनि रगत अभाव भइरहेकोे रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । रेडक्रसले रक्तदान शिविर सञ्चालन गर्न र केन्द्रमै गएर रगत दिन पनि विभिन्न संस्था र सर्वसाधारणसँग अनुरोध गरेको छ ।
सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोरोना जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।