स्वास्थ्यकर्मीमाथि भइरहेकाे दुर्व्यवहार र अपमान आपत्तिजनक : सभापति देउवा

 भदौ ७, २०७७ आइतबार १६:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथि भइरहेका दुर्व्यवहार र अपमानप्रति आपत्ति जनाउनुभएको छ । 

प्रतिकूल वातावरण र सामग्री अभावमा पनि स्वास्थ्यकर्मीहरुले अग्रभागमा रहेर उच्च मनोबलले काम गरिरहेको भन्दै सम्मान गर्न देउवाले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मी र  र नागरिकबीच असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि उहाँले तीन वटै तहका सरकारलाई सजग गराउनुभएको छ । 

आफू र परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भएको देउवाको भनाइ छ । उहाँले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको सङ्घर्षलाई नयाँ ढङ्गले व्यवस्थित गर्न सरकारसँग अपिल पनि गर्नुभएको छ । 

सभापति देउवाले लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपाली अप्ठ्याराेमा परेर देश फर्कन चाहेकोले उनीहरुको शीघ्र उद्धार गर्न पनि देउवाले आग्रह गर्नुभएको छ । नीति र व्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्योलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको देउवाको भनाइ छ ।   

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया