डाक्टरकाे घरमा कालाे ब्यानर राख्ने, घरबाहिर हुलदङ्गा गर्नेलाई कारबाही गर्न सिफारिस

 भदौ ७, २०७७ आइतबार १६:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गर्नुभयो । भोक र तिर्खा नभनी डाइपर समेत लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ ।   

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने क्रम बढेसँगै विभिन्न पार्टीदेखि जनस्तरबाट पनि कारबाहीकाे माग उठेकाे छ ।

 याे पनि पढ्नुहाेस्

 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीमा मानसिक तनाव बढेको बताउनुहुन्छ । उहाँका अनुसार हरेक दिन स्वास्थ्य मन्त्रालयमा सुरक्षा र बासको व्यवस्था मिलाउन भन्दै स्वास्थ्यकर्मीको गुनासो आउने गर्छ ।

शिक्षित व्यक्तिको बाहुल्यता र सम्पन्न शहर भनिए पनि काठमाण्डौ उपत्यकामा नै यस्तो समस्या बढिरहेको उहाँ बताउनुहुन्छ । उपत्यका बाहिर त झन् बढी समस्या छ । भाडामा बस्नेलाई मात्रै होइन, अहिले आफ्नै घरमा पनि स्वास्थ्यकर्मीले बास पाउन मुश्किल छ । भाडा बसेकालाई घरबेटीले ताला लगाइदिने, घरै भएकालाई परिवारका सदस्य र आफन्तले काम छोड्न दबाब दिने जस्ता मानसिक समस्या स्वास्थ्यकर्मीले झेल्नु परेको छ  । 

स्वाथ्यकर्मीसँग जम्काभेट भइहाले पनि अनुहारमा हेर्दै नहेर्ने, छिः छिः र दूरदूर गर्ने प्रवृत्ति बढ्दै गएकाले उनीहरुको सुरक्षामा नै चुनौती बढेको डा. अधिकारी बताउनुहुन्छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया