शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा ठाउँमा पहिरो खस्न सक्ने भएकाले सचेत रहन विभागको आग्रह छ ।
सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिए पनि दिउँसो र बेलुकीपख कतिपय ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने र केही ठाउँमा छोटो समयमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।
अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैबीच, अहिले देशभरको मौसम सामान्य बदली भएको छ । प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभरको मौसममा सामान्य बदली आउने छ । देशका केही ठाउँमा भने हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यस्तै आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यी क्षेत्रमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।