भारतमा ७३ दिनमा कोरोना विरुद्धको खोप आउने खबर झुटो : सिरम इन्स्टिच्यूट अफ इण्डिया

 भदौ ८, २०७७ सोमबार ९:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ ।

इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो । 

उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ । 

कोरोना विरुद्धको खोप नमुना परीक्षणमा सफल भएपछि र आधिकारिक रुपमा पुष्टि भएपछि मात्रै बजारमा जाने इन्स्टिच्युटले प्रष्ट पारेको छ । 

भारतमा अहिलेसम्म ३१ लाख ५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया