शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिकामा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् ।
ठूलीभेरी नगरपालिका ७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेकाे नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।
उपचारका लागि तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइसकेको र अर्का एक जनालाई आफैले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान लागिएको नगरपालिकाका प्रमुख शाहीले बताउनुभयो ।
आइतबार राति नै च्याउ खाएर बिरामी परेका उनीहरुको अवस्थाबारे प्रहरीलाई साेमबार बिहान मात्रै खबर पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।