शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा हुन लागेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोपको परीक्षण गर्ने तयारी भएपछि यसको विरोध सुरु भएको भन्दै मन्त्रालयले मापदण्ड पालना गरेर मात्रै परीक्षण गरिने हुँदा ढुक्क हुन आग्रह गरेको हाे ।
नेपाल अनुसन्धान परिषद् र विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रुपमा खोपको अध्ययन र परीक्षणमा सामेल हुन चाहनेलाई मात्रै सहभागी गराइने हुँदा यसमा भ्रम नराख्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ ।
तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न चीन, रुस र बेलायतका कम्पनी इच्छुक भएसँगै नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढेको छ ।
याे पनि पढ्नुहाेस्
![]() |
चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Md. Raeen
Aug. 25, 2020, 11:39 a.m.How should we trust government , they do not dealong with Chine, Russia, and Britain to testing Covid19 vaccine. We are looking previous some scam eg. PPE scam, We thought, Nepal government's Minister are easily sold their soul and honesty.