आज पनि देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

 भदौ ९, २०७७ मंगलबार ७:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्नेछ । 

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको उहाँले बताउनुभयो । तर नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उहाँको भनाइ छ । 

यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई  ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया