झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार साँझ चेन्नई अस्पतालमा निधन भएको छ । करुणानिधि ९४ वर्षका थिए । उनी दक्षिण भारतकाे राजनीतिमा 'भीष्म पितामह' का रुपमा चिनिएका थिए ।
करुणानिधि करिब आठ दशक राजनीतिमा सक्रिय रहे । उनी पाँच पटक तमिलनाडुको मुख्यमन्त्री बने । उनले १३ पटक तमिलनाडुको विधानसभा चुनावमा उठे र प्रत्येक पटक जित हात पारे ।
करुणानिधि केही दिनदेखि गम्भीर बिरामी थिए । चेन्नईमा रहेको उनको निवासमै उपचार भैरहेको थियो । शुक्रबार उनलाई कावेरी अस्पतालमा भर्ना गरिएको थियो ।
करुणानिधि झण्डै दुई वर्षदेखि राजनीतिबाट निष्क्रियजस्तै थिए । उनका छोरा एमके स्टालिनले सन् २०१७ बाट डीएमकेको कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
सन् १९६९ का डीएमकेका संस्थापक सीएन अन्नादुरैको निधनपछि करुणानिधि पहिलोपल्ट तमिलनाडुको मुख्यमन्त्री बनेका थिए । करुणानिधिले २७ जुलाई १९६९ मा डीएमकेको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
करुणानिधिले तीन वटा विवाह गरेका थिए । उनकी पहिली श्रीमती पद्मावतीको कम उमेरमै निधन भएको थियो । पद्मावती तर्फबाट उनका एक छोरा एमके मुथु रहेका छन् ।
त्यसपछि करुणानिधिले दयालु अम्माल र रजति अम्मालसँग विवाह गरे । दयालुतर्फाबाट उनका तीन छोरा एमके अलागिरि, एमके स्टालिन, एमके तमिलारासू र एक छोरी सेल्वी रहेकी छिन् ।
त्यस्तै रजतितर्फकी एक्ली छोरी कनिमोझी राज्यसभा सांसद रहेकी छिन् ।
करुणानिधिले झण्डै ५० वटा तमिल फिल्मको पटकथा लेखेका छन् । उनको आत्मकथा ‘नेन्जुक्कू नीति’ प्रकाशित छ ।
करुणानिधिले अन्तिम पटक थिरुवर विधानसभाबाट चुनाव जितेका थिए । २०१६ मा भएको तमिलनाडुको विधानसभा चुनावमा उनी सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।