नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषण कम

 भदौ ९, २०७७ मंगलबार ९:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषण घटेको छ । 

लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेकामा त्यसपछि नियमित हरियो सूचक देखाएका वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिनुभयो । 

अघिल्ला वर्षहरुमा वैशाख-जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको उहाँले बताउनुभयो ।

वर्षायाममा भने सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेकोमा यो वर्ष त्यस्तो नभएको उहाँले बताउनुभयो । 

काठमाण्डौ उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण पनि घटेको वातावरण विभागका प्रवक्ता जोशीको भनाइ छ ।

त्यस्तै विभिन्न उद्योग पनि बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको छ ।

हावाको प्रदूषण मापन सूचक अक्वा ५० सम्म भएकोमा मानिसका लागि बस्न उपयुक्त र एक सयसम्म हुँदा बसोबास योग्य मानिन्छ । अहिले नेपालमा रहेका २१ वटा सबै मापन केन्द्रमा ५० भन्दा कम र विराटनगरमा रहेको केन्द्रमा अक्वा ८७ रहेको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया