शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डाै उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भइरहेकाे छ । यसअघि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको हाे ।
डीसीसीएमसीले उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो ।
मङ्गलबार दिउँसो बसेको काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको स्रोतले बताएको छ । अहिले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने निर्णयको सिफारिस लिएर गृह मन्त्रालयका पुगेका छन् ।
उपत्यकामा गएको ३ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिन लागेकाले एक हप्ताको निषेधाज्ञाको समीक्षा गर्न आज बैठक बसेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।