एक करोड ६६ लाख मानिस कोरोना भाइरसको सङक्रमणबाट निको

 भदौ १०, २०७७ बुधबार ६:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वभर एक करोड ६६ लाख मानिस कोरोना भाइरसको सङक्रमणबाट निको भएका छन् ।

वल्डाेमिटरका अनुसार दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार जना निको भएका छन् । सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा सङक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना निको भएका छन् । अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको ज्यान गएको छ ।

विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको ज्यान गएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएकोमा ५९ हजार ६ सय जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामै भारतमा ६६ हजार सङक्रमित थपिएका छन् भने एक हजार ६६ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया