सम्पर्कमा नआएका विद्यार्थी खोज्दै त्रिवि, वैकल्पिक विधिबाट पढाइ र परीक्षाको तयारी

 भदौ १०, २०७७ बुधबार ८:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नआएका विद्यार्थीको खोजी गरिदिन सार्वजनिक आह्वान गरेको छ । कोरोना भाइरसको महामारी तत्काल कम हुने सम्भावना कम भएको निष्कर्ष निकाल्दै त्रिविले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पढाइरहेको छ ।

वैकल्पिक माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइरहेको र यसकै आधारमा मूल्यांकन गरेर उनीहरुको परीक्षा लिने तयारी भइरहेकोले सम्पर्कमा नआएका विद्यार्थीका कारण समस्या भएको त्रिविले जनाएको छ । शिक्षाध्यक्ष शिवलाल भुसाले सूचनामार्फत त्रिविमा अध्ययन गरिरहेका तर अहिले सम्पर्कमा नआएका विद्यार्थीलाई भेटेमा उनीहरु पढ्ने क्याम्पसमा सम्पर्क गराइदिन अभिभावक, स्थानीय सरकार, स्थानीय प्रशासन, शिक्षाविद् बुद्धिजीवी लगायतलाई आग्रह गर्नुभएको छ ।

त्रिविका सम्पूर्ण विभाग, क्याम्पस प्रशासन, डीन कार्यालयहरू समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकतासाथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन समेत शिक्षाध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।

त्रिविले रोकिएका परीक्षा असोजभित्र लिने तयारी गरेकाले पनि विद्यार्थी खोजिरहेको छ । महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको आँकलन गरी विश्वविद्यालयले चैतको तेस्रो हप्तादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेल आईडी तयार गर्दे अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ ।

तर अहिलेसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसहरूको सम्पर्कमा नआएकोले पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया