कुलमानका ‘फेक अकाउण्ट’को बिगबिगी, आधिकारिकलाई मात्रै विश्वास गर्न आग्रह

 भदौ १०, २०७७ बुधबार १०:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आफ्नो नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसिङले भन्नुभएको छ, ‘मेरो फेक अकाउनण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको जानकारी गराउँदछु ।’

 

घिसिङका फेसबुकमा र ट्विटरमा भएका नक्कली अकाउन्टबाट विभिन्न गलत सूचना फैलिइरहेका छन् । मंगलबार पनि मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकको पद चार वर्ष थपेको भन्दै नक्कली ट्विटर अकाउन्टबाट समेत प्रचार भएको थियो ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया