शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – औषधि व्यवस्था विभागले अहिले देशभरि नै अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ ।
तेस्रो देशबाट आयात गर्नुपर्ने केही औषधि समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाइ छ । अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो ।
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आवश्यक औषधि उपलब्ध छन् । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भए पनि व्यवस्थापन गरिएको अवस्था छ । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्कमार्फत काम हुन्छ । कुनै समस्या पर्याे भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ । अभाव देखिए पनि अवस्था समाधान भएको पाइएको छ ।’
डाक्टरकाे सल्लाह विना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । औषधि सेवनले सधैँ स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उहाँले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आवश्यकताभन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पुर्याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यक रुपमा सेवन गर्नुहुँदैन र बिक्री गर्नुहुँदैन भन्ने सबैले बुझ्नुपर्छ । बिरामीले औषधिको अपेक्षा राख्नु सामान्य भए पनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ ।’
कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको उहाँले बताउनुभयो । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न देशले समेत त्याे औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उहाँले रगतको प्लाज्मा निकालेर गम्भीर अवस्थाका बिरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।