शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले मुख खोलेको छ ।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताउनुभयो ।
कुलमान घिसिङलाई फेरि नियुक्ति दिइएको भनेर सामाजिक सञ्जालमा समाचार आइरहेका छन् भन्ने प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो, ‘उहाँलाई सामाजिक सञ्जालले पुनर्नियुक्ति दिएको होला, सरकारले त दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरो भएन तर औपचारिक प्रस्ताव पनि छैन ।’
Ujyaalo (@Ujyaalo) August 27, 2020
उहाँले यस विषयमा अहिलेसम्म छलफल नै नभएको बताउनुभयो । ‘त्यो लेखाइमा, या बोलाइमा या सूचनामा कुनै सत्यता छैन’, उहाँले भन्नुभयो ।
कुलमान घिसिङकाे चार वर्षे कार्यकाल सकिनै लाग्दा केही दिनयता सामाजिक सञ्जमालमा उनलाई नै निरन्तरता दिनुपर्ने भन्दै दबाब बढाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanu G
Aug. 27, 2020, 6:32 p.m.ए! युबे, ठूलो कुरा किन फेरि?, आफ्नो काम खुरुखुरु गर्ने, नत्र छोडेर जाने, यहाँ गनगन सुन्ने कसैलाई फुर्सद छैन, बिचार गर!
Harichandra Shrestha
Aug. 27, 2020, 5:23 p.m.हुन त हाम्रो देशको सरकारले जनतालाई के भइसकेको छ भनेर बुझ्ने समय कहाँ छ र? भ्रष्टाचार कसरी गर्ने, कहाँबाट कति हसुर्ने भन्ने मात्र थाहा हुन्छ। यदि सरकारले कुलमान ज्युलाई पुनः नियुक्ति दिन कुनै कदम नचल्ने हो भने यही social media ko पुनः नियुक्तिलाई नै औपचारिक प्रस्तावको रूपमा लिएर पूर्णता दियोस्।