राैतहट र मोरङ घटनाको अनुसन्धान गर्न कांग्रेसकाे माग

 भदौ ११, २०७७ बिहिबार २०:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले रौतहट र मोरङमा बिहीबार दुई युवाको शङ्कास्पद रुपमा भएको मृत्युको घटनाप्रति ध्यानाकर्षण भएकाे जनाएको छ । 

विज्ञप्ति निकाल्दै कांग्रेसले रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षीय विजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । 

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय रुपमा भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
 
यस्तै मोरङको कारागारमा रहेका २६ वर्षीय युवा निराजन यादवको अपराह्न कोशी अस्पताल पुर्‍याएलगत्तै भएको मृत्युबारे पनि घटनाको सत्य/तथ्य अनुसन्धान गर्न माग गरेको छ । 

प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गएकाे जेठ २७ गते मृत्यु भएको घटनाको साढे दुई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटना दोहोरिनु अत्यन्तै दुःखद भएको बताउनुभएको छ । 

यसैगरी कांग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषी फेला नपर्नुप्रति पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया