रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

 भदौ १२, २०७७ शुक्रबार ७:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले आज सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो । 

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ । 

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन । महामारीका बेला कसरी नियमित कार्यक्रमलाई अगाडि बढाउने भन्ने विषयमा छलफल र तयारी नहुँदा बिरामीले सजिलै रगत पाउन छोडेका छन् । 

कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिसकेकाले कसरी र कसले रगत दान गर्ने भन्ने अन्यौल बढेको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया