आफूले लेखेको गीतमा वामदेव गौतमको मोडलिङ

 भदौ १२, २०७७ शुक्रबार १७:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम म्युजिक भिडियोमा देखिनुभएको छ ।

उहाँ आफैंले लेख्नुभएको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतमा उहाँ आफैले अभिनय गर्नुभएको हो । राष्ट्रप्रेम दर्शाइएको यस गीतमा संगीतकार शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ भने मनोहर सुनामको एरेञ्ज रहेको छ । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो आज यूट्यूबबाट रिलिज गरिएको छ । यस्तै गौतमले रचना गर्नुभएका ४३ वटा गीतहरुको संकलन गरेर गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । उहाँका गीतहरुमा सामाजिक, सांस्कृतिक तथा राष्ट्रप्रेमको भाव झल्किन्छ ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Baralbuddhi

    Aug. 29, 2020, 9:49 a.m.

    बधाई बाम देव ज्यू, नीति र सिधान्त काल परिबेस ले त्यस्तै तलमाथि भए पनि राष्ट्रको स्वाभिमान तथा सारभभौमिकता प्रति चै दिलै देखि समबेदनशिल रहि दिनु होला है !

  •  0 Reply

तपाईको प्रतिक्रिया