शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्ने क्रम बढेको छ ।
अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
आज निषेधाज्ञाको १० औं दिन हो । आज बिहानै निषेधाज्ञाको उलङ्घन गर्ने १ सय ६० गाडी होल्ड भएको छ । १ सय ४६ दुईपाङग्रे र १४ चारपाङग्रे गाडी होल्ड भएका हुन् । हिजोमात्रै काठमाण्डौ उपत्यकामा १ हजार ५८ गाडीलाई प्रहरीले होल्ड गरेर छोडेको छ ।
निषेधाज्ञाको उलङ्घन गरेर चलाएका ८ सय ६९ दुईपाङग्रे र १ सय ८९ चारपाङग्रे गाडीलाई होल्ड गरिएको हो । निषेधाज्ञा नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निषेधाज्ञाका बेला काठमाण्डौ उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।