तीन जिल्लामा हट्यो निषेधाज्ञा, ४९ जिल्लामा कायमै

 भदौ १४, २०७७ आइतबार १२:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ ।

कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन् । 

तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन् । बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

बितेका केही दिनदेखि निषेधाज्ञा लगाउने जिल्ला थपिने क्रम घटेको छ । पूर्ण निषेधाज्ञा भएका जिल्लामा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरसहित सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक र गोरखा रहेका छन् । 

यस्तै अर्घाखाँची, कास्की, डोल्पा, मोरङ, डोटी, कैलाली, प्यूठान, सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, र दाङमा पनि पूर्ण निषेधाज्ञा रहेको छ । आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन् । 

सरकारले जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । विभिन्न पालिकाले पनि आफ्नो क्षेत्रमा संक्रमणको जोखिम बढेमा निषेधाज्ञा लागू गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्छन् ।
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राम सिंखडा

    Aug. 30, 2020, 1:04 p.m.

    छिमेकी जिल्लाबाट पास लिएर अाएकाहरू पास बन्द भै राेकिएकाले घरघरै पाहुना बनेर संक्रमण सर्ने डर हुन्छ । यसले गर्दा घरैमा बस्नेहरू लाई थप असुरक्षित बनाएकाेछ । अागाे भित्र भित्रै सल्किएकाे छ, बाहिर मात्र पानी हाल्ने कामले समाधानकाे पाटाेमा पुगिएला ? पहिला पाहुनालाई घर फिर्ति गराएर लकडाउन, निषेध अाज्ञा जेजे गरे पनि भाे नि । किन हामी बिकल्प हेर्न सक्दैनाैं ? बिरालाे बांधेर श्राद्ध गर्ने प्रचलन कहिले हट्ने हाेला ? घर बाहिर रहेका यात्रुहरू अाफू अनुकुलकाे सेवा तथा रकमकाे अभावमा गर्नुपर्ने उपचार गर्न नपाएर चिन्ताले सद्धे पनि बिरामी हुनु पर्ने अवस्था छ । अब त चिन्ताले नै धेरै लैजाला जस्ताे छ । काेराेनाले भन्दा पनि त्रासले जिन्दगि जाने भाे ।सरकार, सबैतिर गर्न खाेजेकाे कुरा त भ्याएनाै भ्याएनाै कम्तिमा बिचल्ली यात्रुलाई घर पस्ने अवसर त देऊ । किन यस्तालाई राेकेर यात्री अांफै र छिमेकीलाई समेत राेग सार्न उद्धत हुन्छाै? घाेडाले लाएकाे टाप मानसिकताबाट हामी कहिले मुक्ति हुने हाे ? र राहतकाे सास फेर्ने हाे ?

  •  0 Reply

तपाईको प्रतिक्रिया