शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
भक्तपुर – भक्तपुरमा कोरोना भाइरसका सङ्क्रमित थप दुई पुरुषको ज्यान गएको छ ।
आइतबार दिउँसो श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका पाल्पा स्थायी घर भइ मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीका ७७ वर्षीय पुरुषको समिट अस्पतालमा ज्यान गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।
सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरेको जानकारी दिदै उहाँले एक हप्तामा पीसीआर परीक्षण गरिने बताउनुभयो ।
श्वासप्रश्वास समस्या बढेपछि यही ११ गते अस्पताल भर्ना गरिएका पुरुषको त्यही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।
उहाँको शव पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरिएको छ ।
यसअघि उच्च रक्तचाप र मधुमेहलगायतको औषधि खाइरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिक १ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति होम आइसोलेशनमा ज्यान गएको थियो ।
स्वासप्रश्वासमा समस्या भएपछि गएको ११ गते बिहीबार पीसीआर परीक्षण गरेको र १२ गते शुक्रबार आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिनुभयो ।
भक्तपुरमा अहिलेसम्म चार महिला र चार पुरुष गरी आठ सङ्क्रमितको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।