गोकर्णेश्वरका दुई वटा पानी उद्योग सिल

 भदौ १४, २०७७ आइतबार १८:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले काठमाण्डौका दुई वटा पानी उद्योगमा सिल गरेको छ । आइतबार गरिएको अनुगमनका क्रममा नियमअनुसार सञ्चालन नभएको पाइएकाले दुई वटा उद्योगमा सिल गरिएको र एउटा उद्योगलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा गोकर्णेश्वर नगरपालिका ६ को डाँफे मिनरल वाटर प्रालीले अनुज्ञापत्र र ट्रेडमार्कका कागजपत्र नराखेको तथा गोर्खा वेभरेजले बोरिङको अनुमति नलिइकन पानी प्रशोधन गरेर बिक्री गरेकोले यी दुई उद्योग विभागले सिल गरेको हाे । 

यस्तै ब्लु  पाइन मिनरल वाटर र सुप्रिया टेडर्सलाई कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन  निर्देशन दिइएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया