गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हट्यो

 भदौ १५, २०७७ सोमबार ८:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा - गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ ।

आफ्नै प्रयोजनका लागि निजी गाडी चल्न थालेका छन् । ती गाडीमा चालकसहित तीन जनाभन्दा बढी यात्रु राख्न भने नपाइने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् ।

कोभिड-१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । 

अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखामा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया