आज तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, भर्चुअल माध्यमबाट मनाइँदै

 भदौ १५, २०७७ सोमबार ९:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस, भर्चुअल माध्यमबाट मनाइँदै छ । 

‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका साथ दिवस भर्चुअल रूपमा मनाउन लागिएको हो । 

कोरोना सङ्क्रमणको जोखिमका कारण शिक्षालय र पुस्तकालय गएको चैत ५ गतेदेखि बन्द छन् । डिजिटल र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको पुस्तकालय दिवस मनाउन लागेको हो । 

विसं १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा २०६५ सालदेखि हरेक वर्ष राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको छ । मन्त्रालयको पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज भर्चुअलरुपमा पुस्तकालय र पठनपाठनका क्षेत्रका चुनौतीबारे छलफल हुनेछ । 

निरौलाका अनुसार अहिले सामुदायिक र सार्वजनिक गरी नेपालमा झण्डै सात सय पुस्तकालय छन् । भूकम्पपछि क्षतिग्रस्त पुल्चोकको राष्ट्रिय पुस्तकालयलाई उचित ठाउँ र भवन उपलब्ध गराउन पूर्वमन्त्री एवं पुस्तकालय अभियानकर्मी गणेश शाहले आग्रह गर्नुभएको छ । 

राष्ट्रिय पुस्तकालय जमलकाे त्रिविको तत्कालीन परीक्षा नियन्त्रणको कार्यालय रहेको ठाउँमा सार्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया