विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते

 भदौ १५, २०७७ सोमबार ९:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाखभन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् ।

अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् । अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म कोरोनाका कारण २ करोड ५३ लाख ८३ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लाख ५० हजारको ज्यान गएको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकाको क्यालिफोर्नियामा परेको छ । क्यालिफोर्नियामा मात्रै अहिलेसम्म ७ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया