शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - किशोरावस्थामा अरु बेलाभन्दा बढी मात्रामा पौष्टिक तत्व आवश्यक पर्छ । किनभने यस्तो बेला वृद्धि विकास छिटो हुन्छ ।
वृद्धि र विकासलाई सन्तुलित राख्नको लागि अरु अवस्थाभन्दा बढी पौष्टिक तत्व खानुपर्छ । प्रोटिन, चिल्लो पदार्थ, भिटामिन पनि उत्तिकै आवश्यक पर्छ ।
एक त किशोरावस्थामा उनीहरुको शारीरिक वृद्धि विकास हुने, अर्को ११ देखि १४ वर्षका केटीहरुमा र १३ देखि १५ वर्षसम्मका केटाहरुमा विभिन्न किसिमको हर्मोनहरु परिवर्तन आउने भएकाले यस अवस्थामा उनीहरुलाई सन्तुलित भोजनको नितान्त आवश्यक हुन्छ ।
यो अवस्थामा कोही विद्यालय र कोही कलेजमा जान थाल्छन् । यस्तो अवस्थामा पढाइको पनि थप चिन्ता हुन्छ । अध्ययन, शारीरिक अवस्था तथा शरीरको बनावटमा आउने परिर्वतनको कारणले गर्दा थप पौष्टिक तत्वको आवश्यकता हुन्छ ।
सन्तुलित आहारमा के के खाने ?
न्यूट्रिसियनको भाषामा सन्तुलित भोजन भन्नाले हामी पाँच खाद्य समूहलाई लिन्छौँ ।
अन्न समूह, दाल, गेडागुडी, अथवा प्रोटिन समूह, दूध, दूधजन्यपदार्थ, साग तरकारी, फलफूल र चिल्लो पदार्थ यसरी मिलाएर हामीले सन्तुलित रुपमा खानुपर्ने हुन्छ ।
यस अवस्थामा खाँदाखेरी, बढी शक्तिको आवश्यक हुने भएकाले १४ वर्षदेखि २० वर्षको अवस्थामा धेरै खानुपर्छ । माछा, मासु, अण्डा उनीहरुको भोजनमा संलग्न गर्नुपर्ने हुन्छ ।
दिनको यति नै अण्डा, माछा खानु पर्छ भन्ने त छैन । यसमा व्यक्तिको आर्थिक अवस्थाले पनि प्रभाव पार्छ ।
यसमा हामीले अण्डा नै खाउ अथवा माछामासु यति नै खाउ भन्न सक्दैनौँ। तर, गेडागुडी वनस्पति स्रोतबाट हुने प्रोटिनलाई हामीले समावेश गर्न सक्छौँ ।
रोगसँग लड्न स्थानीय खाना र फलफूलले कत्तिको प्रभाव पार्छ ?
कुनै पनि खाद्यान्न तथा फलफूल, साग तरकारीमा कुनै न कुनै किसिमको पौष्टिक तत्व हुन्छ नै ।
विशेष गरी, साग, तरकारी र फलफूलमा भिटामिन ए, सी, डी, ई र आइरन प्रशस्त रुपमा पाइन्छ ।
यस्ता खानेकुराले रोगसँग लड्न सक्ने क्षमतालाई बढी मात्रामा सक्रिय रहन सहयोग पुर्याउँछ । जसले गर्दा रोग प्रतिरोधात्मक शक्ति बढाउनमा मद्दत पुर्याउँछ ।
अमिलो फलफूल सुन्तला, अमला, कागतीमा भिटामिन सी पाइन्छ । भिटामिन सीले रोग प्रतिरोधात्मकका लागि एउटा सिपाहीको काम गर्छ ।
त्यसकारण भिटामिन सी, जुनमा बढी हुन्छ त्यो खानेकुरालाई सन्तुलित भोजनको साथसाथै अहिलेको अवस्थामा समावेश गर्न सक्यौँ भने इम्युनिटी बढाउन मद्दत पुग्छ ।
अहिले इम्युनिटी बढाउन यो खानुपर्छ, उ खानुपर्छ भन्ने कुराहरु सुनिरहेका छन् । त्योभन्दा पनि सबैभन्दा पहिले हाम्रो भोजन पोसिलो र सन्तुलित हुनुपर्यो ।
महिनावारी भएको बेला कस्तो खाना आवश्यक हुन्छ ?
महिनावारीको बेला रगत खेर जाने हुनाले अन्य पौष्टिक तत्वको साथसाथै आइरन पनि आवश्यक पर्छ । १५ देखि ४५ वर्षको उमेरमा आइरनको मात्रा बढी आवश्यक हुन्छ ।
आइरनका लागि हामीले वनस्पति स्रोतबाट लिने हो भने हरियो साग तरकारीलाई प्राथमिकतामा राख्नुपर्छ । कलेजो, अण्डाको पहेँलो भागबाट पनि आइरन पाइन्छ । तर यो हाम्रो शरीरले शोषण गरेर उपयोग गर्न सक्दैन ।
त्यसैले योसँगै हरियो साग, भिटामिन सी पाइने कागती गोलभेँडा पनि समावेश गर्न सक्यौँ भने वनस्पति स्रोतबाट प्राप्त हुने आइरन शरीरमा राम्ररी उपयोग गर्न सकिन्छ ।
(कार्यक्रम खुल्ला धरती, खुल्ला अकाशबाट)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।