बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आराेहणकाे अनुमति

 भदौ १५, २०७७ सोमबार १९:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले हिमाल आराेहणका लागि आउँदाे सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिएको छ ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टर्ड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको हो ।

उनीहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियमअनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउने छन् ।

यो हिमाल आराेहणकाे क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयाे । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया