अत्यावश्यक वस्तुको होम डेलिभरी फेरि सुरु, सुरक्षित हुने ई-कमर्स सञ्चालकको दाबी

 भदौ १६, २०७७ मंगलबार ७:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - ई-कमर्स सञ्चालकहरुले अत्यावश्यक खाद्य सामग्री घरघरमा पुर्याउने काम आजदेखि फेरि सुरु गर्ने भएका छन् । 

भदौ १२ गते होम डेलिभरी गर्ने विभिन्न ई-कमर्स कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सेवा बन्द भएको थियो । 

होम डेलिभरी सेवा फेरि सुरु गर्नको लागि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा भएको सबै सरोकारवालाको बैठकले मापदण्ड बनाउन समिति गठन गरेको थियो ।

समितिले मापदण्ड टुङ्गो लगाएको छैन । तर निषेधाज्ञाको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बुँदा ६ मा अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्यपदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै आफूहरुको व्यवसाय रोक्न नमिल्ने होम डेलिभरी तथा ई-कमर्स सञ्चालक फोरमको भनाइ छ ।

सरकारले तोकेको मापदण्डलाई पालना गरी  होम डेलिभरी गर्ने कार्यलाई आजैदेखि सुरु गर्ने उनीहरुले निर्णय गरेका छन् । महामारीको अवस्थामा ई-कमर्स तथा अनलाइन डेलिभरीमार्फत दिइने सेवा झनै सुरक्षित हुने र सस्तो पर्ने ई कमर्स सञ्चालकहरुको दाबी छ ।


 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया