इन्द्रजात्रामा क्षमापूजा मात्र गरिने

 भदौ १६, २०७७ मंगलबार ८:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज येँया भनिने इन्द्रजात्राको मुख्य दिन अर्थात् कुमारीको रथलाई काठमाण्डौको तल्लो भागमा तानेर क्वनेया मनाइने दिन हो । 

आज कुमारी, भैरव र गणेशको रथलाई बसन्तपुरबाट मरु, चिकंमुगल, जैशीदेगल, लगनमा तानिने गरिन्थ्यो । कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिने चलन छ ।

तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज रथ तान्ने, देवदेवीको नाच प्रदर्शनलगायत कुनै पनि धार्मिक गतिविधि नहुने भएका छन् । यसको साटो क्षमापूजा गरिने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रुपमा मानिएकी कुमारीको पूजा आराधना गरी काठमाण्डौ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदायलगायत सबैमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यका लागि  शुभकामना व्यक्त गर्नुभएको हो । 

उहाँले मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने पनि बताउनुभएको छ । 

इन्द्रजात्राको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा भए पनि यो वर्ष कोरोना महामारीका कारण रोकिएको छ । त्यस्तै आजका दिन भक्तपुरमा सिद्धपोखरी मेला लाग्ने परम्परा  छ । त्यस्तै आज चन्द्रागिरी नगरपालिकामा रहेको इन्द्रदहमा पनि मेला लाग्ने दिन हो । तर कोरोना संक्रमणको जोखिमका कारण यी ठाउँहरुमा मेला नलाग्ने भएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया