एक किलो चियाको २० रुपैयाँ पनि पाएनन् किसानले

 भदौ १६, २०७७ मंगलबार १२:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चियाको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलामको सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका छन् । उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेस गरेका छन ।

गएको वर्ष नै चियाको न्यूनतम प्रतिकिलो ४० रुपैयाँ मूल्य निर्धारण गरिएकोमा अहिले २० देखि ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आन्दोलन गर्नुपरेको आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजीले बताउनुभयो ।

एक किलो चिया उत्पादनमा किसानको साढे ३७ रुपैयाँ खर्च हुने गरे पनि वर्षकै सुरुमा उत्पादन भएको चियाको मूल्य २० रुपैयाँ दिन खोजेकाले किसान मारमा परेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया