शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ ।
प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नासपातीलाई सदुपयोग गर्दै आम्दानीको स्राेतकाे रुपमा विकास गर्नकाे लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो ।
नासपातीबाट जुस र पेरी उत्पादनका लागि हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपाती सङ्कलन सुरु गरिएको वडाध्यक्ष विकास राईले बताउनुभयो ।
सोमबार एकैदिन स्थानीय किसानबाट प्रतिकेजी चार रुपैयाँका दरले एक हजार नासपाती खरिद गरेर सङ्कलन गरिसकिएको छ । जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नासपातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
खेर गइरहेका नासपातीबाट जुस र पेरी उत्पादनका लागि वडा कार्यालयले मेसिन खरिद र उत्पादन तालिम सञ्चालनमा सहयोग गरेको जनाएको छ ।
कोरोना महामारीका कारण काठमाण्डौमा निषेधाज्ञा लगाइएकाले अहिलेलाई जुस र पेरी ड्रममा भण्डारण गरिने छ । सहज वातावरण बनेपछि आवश्यक सामग्री ल्याएर जुस र पेरीको लेबलिङ र बोटलिङको काम गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
जालपामा नासपाती झैं सुन्तला, आल्चा, आँपलगायतका मौसमी फलफुलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।