ललितपुरको चक्रपथ प्रवेशमा कडाइ

 भदौ १९, २०७७ शुक्रबार ८:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - बिहीबार पाटनमा झडप भएपछि ललितपुरको चक्रपथभित्र शुक्रबार दिनभरिको लागि कर्फ्यु लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले बिहान ४ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु लगाइएको हो । बिहीबार राति अबेर मात्रै कर्फ्युको घोषणा भएकाले तरकारी, खाद्यान्नलगायतका अत्यावश्यक सर-सामान किन्ने तथा अत्यावश्यक कामले हिँडडुल गर्नुपर्नेहरुलाई समस्या भएको छ । 

शुक्रबार बिहानै तरकारी, खाद्यान्न किनेर फर्किएका तथा अरु कामले ललितपुरको चक्रपथभित्र जानुपर्नेहरुलाई प्रहरीले रोकेको छ । यसअघि निषेधाज्ञा भए पनि बिहानीपख खाद्यान्न तथा तरकारी किन्न तथा अत्यावश्यक कामले हिँड्नेहरुलाई प्रहरीले रोकेको थिएन ।

प्रेस पास भएका पत्रकारलाई पनि प्रहरीले कडाइ गरेको छ । बिहीबार पाटनमा प्रेस लेखेको ज्याकेट लगाएका र क्यामरा बोकेका व्यक्तिले पनि प्रहरीलाई ढुंगा हानेको भन्दै कडाइ गर्नुपरेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया