बाग्लुङमा बाढी पहिरोमा परि हराइरहेका २५ जनाको बिहानैदेखि खोजी चल्दै

 भदौ १९, २०७७ शुक्रबार ९:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परि हराइरहेका २५ जनाको आज पनि बिहानैदेखि खोजी भइरहेको छ । 

हिजो राति अबेरसम्म खोजी गरेको टोलीले आज पनि बिहानैदेखि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा  नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीले खोजी गरिरहेको हो । 

प्रभावित अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीलगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापाको टोली आज फेरि प्रभावित क्षेत्रमा जाने भएको छ ।  टोली बिहान ११ बजेतिर जाने पन्तले बताउनुभयो । 

हिजो मौसम खराब भएकाले हेलिकप्टर पोखराबाटै फर्किएको थियो । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने  ३१ घर पूर्ण क्षति भएका छन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया