ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने ९ जनामाथि अनुसन्धान सुरु

पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्नेबारे पनि अनुसन्धान गरिँदै

 भदौ १९, २०७७ शुक्रबार १४:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रहरीले ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नाै जनाविरुद्ध अनुसन्धान सुरु गरेकाे छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । 

उनीहरुविरुद्ध यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरुद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढाउने महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताउनुभयो । 

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ललितपुर १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथविन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य र १६ का रवीन शाक्यलाई पक्राउ गरेको छ । यस्तै ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी ८ का श्याम श्रेष्ठ र काठमाण्डाै १६ का यादवलाल कायस्थ पक्राउ परेका छन् । 

यस्तै प्रहरीले पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्नेबारे पनि अनुसन्धान गरिरहेको छ । 

बिहीबार झडपमा घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेकाे अल्का अस्पताल ललितपुरमा उपचार भइरहेकाे छ । उहाँकाे स्वास्थ्य अवस्था सामान्य छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया