शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार तीन सय ५४ जना काेराेना भाइरसका सङ्क्रमित निकाे भएर घर फर्किएका छन् ।
यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेकाे कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
त्यस्तै पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितकाे कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ ।
बिहीबार १४ जना सङ्क्रमितकाे ज्यान गएकाे पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । अब नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ७१ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।