शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।
यस्तै अहिले स्थानीय वायुको समेत प्रभाव रहेकाले मौसम बद्ली भई केही ठाउँमा वर्षा भइरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा अहिले पनि वर्षा भईरहेको छ ।
यसैगरी, राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी क्षेत्रमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।