शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय २० गाडी होल्ड भएका छन् । बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ७४ दुई पाङ्ग्रे र ४६ वटा चारपाङ्ग्रे गाडी होल्ड भएका हुन् ।
हिजो काठमाण्डौ उपत्यकामा ६ सय ५२ वटा गाडीलाई होल्ड गरेर छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा भोलिसम्म निषेधाज्ञा लगाएको छ ।
यसैबीच रातो मछिन्द्रनाथको रथका कारण ललितपुरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ललितपुरसँग जोडिएका विभिन्न नाकाबाट अत्यावश्यक काम भएकालाई मात्र प्रवेश दिइएको छ । अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ ।
ललितपुरको जावलाखेलबाट पुल्चोकतर्फ आउने गाडीलाई अल्कामोडबाट डाइभर्सन गरी सरस्वतीस्थान हुँदै पास गराइएको छ । यस्तै, पुल्चोक हुँदै जाने गाडीलाई बखुण्डोल हुँदै जाने व्यवस्था मिलाइएको छ । अत्यावश्यक सेवाका गाडीलाई नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रातो मच्छिन्द्रनाथको रथ र मीननाथको रथ पुल्चोकको सोह्रखुट्टे पाटीमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।