अन्तर्राष्ट्रिय साक्षरता दिवस आज, राष्ट्रिय शिक्षा दिवस छुट्टै मनाइने

 भदौ २३, २०७७ मंगलबार ९:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै छ । 

दिवसका अवसरमा आज सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम हुँदैछन् भने शिक्षा तथा मानव संसाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ । यस्तै, अहिले केहीबेरमा भक्तपुरको सानोठिमीमा वृक्षारोपण समेत हुँदैछ ।

अहिलेसम्म नेपालका ५३ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । २४ जिल्लामा घोषणा गर्न बाँकी छ । कोरोना भाइरसको जोखिम बढेकाले यी जिल्लामा साक्षरता अभियान चलाउन कठिनाइ भएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ ।

व्यक्तिलाई पूर्ण साक्षर नबनाएर घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ । यसैबीच, राष्ट्रिय शिक्षा दिवस भने आज नमनाइने भएको छ । यसअघि अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस एक साथ मनाउँदै आए पनि यसपालिदेखि छुट्टै मनाइने शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको छ र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।


 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया