'बिहीबारसम्म राजस्व सङ्कलन गर्ने सबै काउन्टर खाेल्नू'

 भदौ २३, २०७७ मंगलबार १४:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर खुल्न थालेका छन् । 

नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएपछि काउन्टर खुल्न थालेका हुन् । 

सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई भनेको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनुभयो । 

कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २४, २०७७

तपाईको प्रतिक्रिया